कोरोनासम्बन्धी स्वास्थ्य सामाग्री खरिदमा विवादमा परेको ओम्नी कालोसूचीमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २९ गते १५:२९
कोरोनासम्बन्धी स्वास्थ्य सामाग्री खरिदमा विवादमा परेको ओम्नी कालोसूचीमा

काठमाडौं, २९ भाद्र । कोरोना भाइरसको रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिदको ठेक्का पाएर विवादमा परेको कम्पनि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । आज सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सुचना जारी गरी ओम्नीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

तीन कम्पनिलाई कालो सूचीमा राखिएकोमा ओम्नी पहिलो नम्बरमा परेको हो । स्वास्थ्य सेवा विभागले लेखी पठाए अनुसार ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । ओम्नीको मुख्य व्यक्ति तुलहरि सिंह उल्लेख छ ।

कालो सूचीमा राखिएकोले ओम्नीले एक वर्ष अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने समेत जानकारी दिइएको छ ।

यसैगरी, कालोसूचीमा परेकामा श्री अरुण कन्स्ट्रक्सन एक वर्षका लागि र श्री वी.टी. जे.भी. सेवा, टौदल कन्स्ट्रक्सन र फस्कु निर्माण सेवा दुई वर्षका लागि छन् ।

प्रकाशित : २०७७ भदौ २९ गते १५:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI