नवलपुरमा काेराेनाबाट थप एक जनाकाे निधन

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २८ गते १९:०७
नवलपुरमा काेराेनाबाट थप एक जनाकाे निधन

नवलपुर । नवलपुरमा थप एक जनाकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ । नवलपुरकाे मध्यबिन्दु १२ निवासी ६० बर्षका पुरुषकाे लुम्बिनी अस्पताल बुटवलमा उपचारकाे क्रममा निधन भएकाे हाे ।
शनिबार बिहान उपचारका लागि भर्ना भई उपचारकै क्रममा साेहि दिन दिउसाे साढे ४ बजेतिर उनकाे निधन भएकाे जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । उनमा निमाेनिया र श्वासप्रश्वास राेग रहेकाे थियाे । नवलपुुरमा याेे सहित मृतककाे संख्या ४ पुगेकाे छ ।

प्रकाशित : २०७७ भदौ २८ गते १९:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI