देवचुलीमा थप ३४ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २७ गते ७:३८

कावासोती । देवचुली नगरपालिकामा ३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

संक्रमित मध्ये ५ जना देवचुली नगरपालिकाका र २७ जना कन्ट्याक्ट् ट्रेसिङ्ग र २ जना क्वारेन्टाइनका हुन् ।

प्राप्त रिपोर्ट अनुसार देवचुली नगरपालिकाका वडा नम्बर १, ४,७,८,९,१०,११ र १४ मा गरी ३४ जनामा कोरोना पुष्टि भएको जनाईएको छ ।

थपिएका संक्रमितमा वडा नं १ का १ जना पुरुष, वडा नं ४ का १ जना पुरुष , वडा नं ७ का ३ जना पुरुष र १ महिला , वडा नं ८ का ११ जना पुरुष , वडा नं ९ का ४ जना पुरुष , वडा नं १० का १ जना पुरुष , वडा नं ११ का १ पुरुष र १ महिला, वडा नं १२ का २ पुरुष , वडा नं १४ का ४ पुरुष र ४ महिला रहेको बताईएको छ ।

आज संक्रमण पुष्टि हुनेमा नगरपालिकामा कार्यरत ३ पुरुष र ३ महिला कर्मचारी पनि रहेका छ्न ।

नवलपुरमै अहिलेसम्म एउटै पालिकामा संकलित स्वाव नमूना परिक्षण हुँदा कोरोना पोजेटिभ देखिएको यो अहिलेसम्मकै उच्च संख्या पनि हो ।

बुधबार देवचुलीबाट संकलन गरी परीक्षणका लागी पोखरा पठाईएका १ सय १९ स्वाव नमूनामध्ये ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : २०७७ भदौ २७ गते ७:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI