No ads found for this position

गर्भनिरोधक चक्कीसँगै कण्डम पनि प्रयोग गर्नुपर्छ ?

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २६ गते २१:३८
No ads found for this position
गर्भनिरोधक चक्कीसँगै कण्डम पनि प्रयोग गर्नुपर्छ ?
No ads found for this position

पारिवारिक जीवनमा धेरै व्यावहारिक समस्या हुन्छन् । यी समस्यामा झनै जटिल भनेको यौनसँग जोडिएको विषय हो । नेपाली समाजमा यौनको कुरालाई बाहिर गर्न लजाउने संस्कृतिका कारण पनि कतिपय जायज प्रश्न समेत त्यसै मनभित्रै हराउने गरेको छ ।

परिवार र बच्चाको जन्मान्तरको विषयमा आउने विज्ञापनले समेत लज्जा उत्पन्न गराउने हाम्रो समाजमा यससँग सम्बन्धित धेरै प्रश्नहरू अनुत्तरित भएर नै हामी मनैभित्र गुम्साउने गर्छाैं । यसैमध्येको एउटा प्रश्न हो स्त्रीले गर्भनिरोधक चक्की प्रयोग गरिरहेको समयमा यौन सम्पर्क गर्दा पुरुषले कण्डम प्रयोग गर्नुपर्छ कि पर्दैन ?

गर्भ निरोधक चक्की वा गर्भनिरोधक इन्जेक्सनहरू अनावश्यक गर्भ रोक्न प्रभावकारी हुन्छन् । तर तिनीहरू यौन रोग वा यौन संक्रमणबाट कुनै पनि प्रकारले सुरक्षा प्रदान गर्दैनन् । तपाईंलाई गर्भनिरोधक चक्की के हो भनेर जान्नु समेत महत्वपूर्ण छ । यो एक चक्की हो जसले महिलाको हार्मोनमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हुने गर्छ । यी हार्मोनहरूले महिलाको अण्डकोशमा अण्डको विकास हुनबाट रोक्ने गर्छ । जसले गर्दा गर्भवती हुनबाट रोक्ने गर्छ । यो औषधिले सँगै गर्भाशयबाट बाहिर निस्कने तरल पदार्थलाई गाढा बनाउँछ ताकि शुक्राणु गर्भाशयसम्म नजाओस् ।

तर कण्डमले गर्भ नियन्त्रणसँगै आफ्नो साथीमा हुन सक्ने सम्भावित यौन रोगबाट बचाउने काम समेत गर्छ । साथसाथै अनावश्यक गर्भधारणको समस्याबाट पनि मुक्त गराउँछ । त्यसैले कन्डमको प्रयोग यौन रोगबाट बच्न समेत उपयुक्त हुन्छ ।

अनिच्छित गर्भबाट कसरी जोगिने ?

अनिच्छित गर्भावस्थाले नवविवाहित महिलाको स्वास्थ्यमा मात्रै असर गर्दैन यसले दम्पतीको सम्पूर्ण विवाहित जीवनलाई नै असर गर्न सक्छ । अनिच्छित गर्भधारणमा गर्भपतन गर्नु उपयुक्त समाधान होइन । बच्चा जन्माउने कि नजन्माउने भन्ने निर्णय दम्पतीको जीवनको महत्वपूर्ण निर्णय हो । गर्भपतन गर्नुभन्दा अनावश्यक गर्भधारण नै नहुने उपाय खोज्नु उपयुक्त हुन्छ । यसले महिलामा आर्थिक, सामाजिक र मानसिक रूपमा तनावमुक्त गर्न सहयोग मिल्छ । अनावश्यक गर्भावस्था कसरी जोगाउने ? कुन गर्भनिरोधक विधि प्रभावकारी छ र किन ? त्यस्ता धेरै प्रश्नहरू महिलाहरूको दिमागमा खडा हुन्छन् र यसको सही जवाफ समयमै उनीहरूलाई थाहा हुँदैन । सामान्यतया प्रायः महिलाहरू निम्न प्रश्नहरूको उत्तर जान्न चाहन्छन् :

महिला कन्डम के हो र कस्तो हुन्छ ?

महिला कन्डम पातलो रबरबाट बनेको हुन्छ । यो यौनसम्पर्कको क्रममा ८० प्रतिशतसम्म सुरक्षित हुन्छ । यसलाई ८ घण्टासम्म प्रयोग गर्न सकिन्छ । तर यसको प्रयोग यौनसम्पर्कपछि गरिराख्नु उपयुक्त हुँदैन ।

के पुरुष र महिलाले नै कण्डमको उपयोग गर्नुपर्छ?

धेरैलाई लाग्न सक्छ कि सुरक्षित यौन सम्पर्कको लागि महिला र पुरुषले पनि कण्डमको प्रयोग गर्नुपर्छ ? भन्ने प्रश्न आउन सक्छ । तर यसमा चिकित्सकहरू महिला या पुरुषमध्ये एकले यसको प्रयोग गर्दा हुने बताउँछन् ।

महिलाले लगाउने कण्डमको कुनै साइडइफेक्ट हुन्छ ?

महिला कन्डमको कुनै साइड इफेक्ट हुँदैन । गर्भनिरोधका साथसाथै यसले एचआईभी, एड्स र अव्यक्त रोगहरूबाट पनि सुरक्षा प्रदान गर्दछ । महिलालाई सुरुमा प्रयोग गर्नमा केही कठिनाइ र भ्रम हुन सक्छ तर यसको कुनै असर हुँदैन ।

के गर्भनिरोधक चक्कीको कुनै साइड इफेक्टहरू हुन्छ ?

धेरै महिलाहरूमा यसले कुनै प्रभाव पार्दैन । केही महिलालाई भने धेरै समस्या हुन्छ । त्यस्ता समस्या पनि ३–४ महिनासम्म गोली लिँदा स्वतः समाधान हुँदै जान्छ । धेरैजसो महिलाको छातीमा दुखाइ र भारीपन, वान्ता जस्ता समस्या हुन सक्छ । कहिलेकाहीँ गोलीले अनुहारमा समेत समस्या निम्त्याउँछ । यद्यपि, महिलाको स्वास्थ्यमा गर्भनिरोधक चक्कीको दुष्प्रभाव यसको फाइदाको तुलनामा नगन्य छ । अनावश्यक गर्भावस्था र गर्भपातले स्वास्थ्यमा धेरै नराम्रो प्रभाव पार्छ ।

किन गर्भनिरोधक चक्कीको प्रयोग गर्ने, यसको फाइदा के हो ?

गर्भनिरोधक चक्की गर्भधारण रोक्न नवदम्पतीको लागि एक सुरक्षित र सरल तरिका हो । यसबाहेक, यी औषधिको धेरै फाइदाहरू छन् । यस गोलीले २० वर्षभन्दा कम उमेरका महिलाहरूमा मासिक अनियमितता र कम रक्तस्रावलाई नियमित गर्न मद्धत गर्छ ।

प्रकाशित : २०७७ भदौ २६ गते २१:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI