नवलपरासी पश्चिमका कोरोना संक्रमित पुरुषको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २६ गते १२:५७
corona

नवलपरासी पश्चिमका एकजना कोरोना संक्रमित पुरुषको बुटवलमा मृत्यु भएको छ ।

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो ।

भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचाररत अवस्थामा शुक्रबार विहान ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो संगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ ।

प्रकाशित : २०७७ भदौ २६ गते १२:५७
Copyright © 2020 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology