देवचुलीमा थप १५ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २२ गते ०:०२

कावासोती । नवलपुरको देवचुली नगरपालिकामा आईतवार अबेर राती थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देवचुली नगरपालिका वडा नम्बर २, ८, ११, १२, १३, १४ र १६ मा कोरोना संक्रमित थपिएका हुन् ।

पोखराबाट प्राप्त रिपोर्ट अनुसार थपिएका संक्रमितहरुमा देवचुली २ का २५,२८,२६,३० र २० वर्षीय ५ जना पुरुष र २८ वर्षीय १ जना महिला, देवचुली ८ को ३८ वर्षीय १ जना पुरुष र ३१ वर्षीय १ जना महिला, देवचुली १२ को २४ वर्षीय १ जना पुरुष, देवचुली १३ का १५, १६ वर्षीय २ जना पुरुष र ४५ वर्षीय १ जना महिला, देवचुली १४ को ५० वर्षीय १ जना पुरुष, देवचुली १६ का ३६ वर्षीय १ जना पुरुषमा संक्रमण देखिएको जनाईएको छ । त्यस्तै सिएमसी भरतपुरको ल्याब बाट प्राप्त रिपोर्ट अनुसार देवचुली-११ कि २२ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।

 

 

प्रकाशित : २०७७ भदौ २२ गते ०:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI