No ads found for this position

आइपिएलको खेल–तालिका सार्वजनिक : उद्घाटन खेलमा साबिक विजेता मुम्बईले चेन्नईको सामना गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २१ गते २२:४१
No ads found for this position
आइपिएलको खेल–तालिका सार्वजनिक : उद्घाटन खेलमा साबिक विजेता मुम्बईले चेन्नईको सामना गर्ने
No ads found for this position

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आइतबार विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० को खेल–तालिका सार्वजनिक गरेको छ । यसपटक आइपिएल युएईमा विनादर्शक हुनेछ । १९ सेप्टेम्बरदेखि सुरु हुने आइपिएलको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ ।

प्रतियोगिताको फाइनल १० नोभेम्बरमा हुनेछ । लिग चरणको अन्तिम खेल १ नोभेबरमा चेन्नई र पन्जाबबीचकाे खेल आबुधावीमा हुनेछ । सोही दिन कोलकाताले राजस्थानको सामना दुबईमा गर्नेछ ।

आइपिएलको इतिहासमा पहिलोपटक फाइनल खेल मंगलबार राखिएको छ । यसअघिका सबै फाइनल आइतबार हुाे गर्थे । आइपिएलले दिनमा दुई खेल हुने जनाएको छ । अहिलेसम्म लिग चरण खेलमैदान निश्चित भइसकेको छ । प्ले अफ र फाइनल खेलको मैदानपछि निर्णय हुनेछ । बिसिसिआईले खेलाडी संक्रमित नहोस् भनी यसपटक प्रत्येक टोलीले खेलको २४ खेलाडी समावेश गर्नुपर्नेछ ।

यदि कुनै खेलाडी कोरोना संक्रमित भए, उनको स्थानमा जोकोही खेलाडी समावेश गर्न सकिने बिसिसिआईले जनाएको छ । बिसिसिआईले अनलिमिटेड कोरोना विस्थापन्न खेलाडीको प्रावधान बनाएको छ । आइपिएलमा कुल ६० खेल तीन रंगशालामात्र खेलाइनेछ । दुबई अबुधाबी र सारजहाँ रगशालामा खेल हुनेछन् । तीन सहरमा मात्र खेल हुँदा म्याच फिक्सिङ र भ्रष्टाचार हुने सम्भावना कम हुने बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले भारतीय एजेन्सीहरूलाई बताएका छन् ।

खेल भएको पाँचौँ दिन प्रत्येक खेलाडी, स्टार्फ र अम्पायरकाे कोरोना परीक्षण हुनेछ । बिसिसिआईले खेल–तालिका सार्वजनिक गरे पनि इंग्ल्यान्ड र अस्ट्रेलियाका खेलाडी पहिलो खेलमै समावेश हुने वा नहुने निर्णय गरेको छैन । यसपटक अस्ट्रेलियाका १७ तथा इंग्ल्यान्डका १३ खेलाडीले आइपिएलमा सहभागिता जनाउँदै छन् । आइपिएल सुरु हुने तीन दिनअघि इंग्ल्यान्ड र अस्ट्रेलियाबीच तेस्रो एकदिवसीय खेल हुनेछ ।

सोही खेलपछि मात्र खेलाडी आइपिएलमा आउन सक्छन् । दुवै मुलुकका खेलाडी लन्डनबाट दुबई यात्रा गर्नेछन् । दुबईमा अस्ट्रेलियन र इंग्ल्यान्डका खेलाडीको कोरोना परीक्षण हुने जनाइएको छ । यदि रिपोर्ट पोजेटिभ आए खेलाडीलाई सात दिनसम्म आइसोलेसनमा राखिनेछ  । त्यसपछिको परीक्षण नेगेटिभ आए ती खेलाडीले आइपिएल खेल्नेछन् । आइपिएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोली हो ।

यो टोलीले चारपटक उपाधि जितेको छ । मुम्बईले आइपिएलमा कुल १८५ खेलमध्ये एक सय पाँच खेलमा जित निकालेको छ । आइपिएलमा प्रत्येक टोलीले धेरैमा २४ तथा औसतमा १८ खेलाडी समावेश गर्न सक्छन् । प्रत्येक टोलीले आठजना विदेशी खेलाडी राख्न पाउनेछन् । खेलको दौरान कम्तीमा चार जना विदेशी खेलाडीलाई खेलाउने पर्ने आइपिएलले जनाएको छ । सर्वाधिक अंक जोडने चार टोली प्ले अफका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको बेलमा २० हजार कोरोना टेस्ट हुने जनाइएको छ । यसका लागि बिसिसिआईले १० करोड भारु छुट्याइएको छ । आइपिएलको इतिहासमा चेन्नईका हरभजन सिंहको नाममा एक रेकर्ड छ । उनी सबैभन्दा डटबल फ्याँक्ने बलर हुन् । हरभजनले १६० खेलमा १५० विकेट लिएका छन् । उनले १२ सय ४९ पटक डटबल फ्याँकेका छन् । आइपिएलमा मुम्बईका लथिस मलिंगाले एक सय २२ खेलमा एक सय ७० विकेट लिएका छन् । उनी आइपिएलमा सर्वाधिक विकेट लिने बलर हुन् । यसपटक मलिंगाले प्रतियोगितामा भाग लिने छैनन् । उनी पनि व्यक्तिगत कारण देखाउँदै घर फर्किएका छन् ।

यसैगरी आइपिएलमै चेन्नईका सुरेश रैना दोस्रो सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् । रैनाले एक सय ९३ खेलमा ५३ सय ६८ रन बटुलेका छन् । निजी कारण देखाउँदै घर फर्किएका रैनाले आइपिएलमा अलराउन्डर प्रदर्शन गरी २५ विकेट हात पारेका छन् । आइपिएलमा रोयल च्यालेन्ज बेंग्लोरका कप्तान विराट कोहलीको नाममा सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान छ । विराटले एक सय ७७ खेलमा ५४ सय १२ रन बनाएका छन् । कोहली स्ट्राइक रेट १३१.६१ मा र रैना १३७.४१ स्ट्राइक रेटमा ब्याटिङ गर्छन् ।

यता बंगलादेशका मुस्तफिकर रहमानले आइपिएल गुमाउने सम्भावना छ । अहिलेसम्म बंगलादेश क्रिकेट बोर्डले मुस्तफिकरलाई नो अब्जेसन लेटर दिएको छैन । एनओसी पत्र नपाएकाले मुस्तफिकरले आइपिएल गुमाउन सक्नेछन । बंगलादेशले अर्को महिना श्रीलंकाको भ्रमण गर्दै छ । बोर्डले श्रीलंका भ्रमणमा रहने खेलाडीलाई विदेशी फ्रेन्चाइज लिग नखेल्न भनिएको छ । आइपिएलमा सहभागी आठ टोलीमध्ये सातले विदेशी मुख्य प्रशिक्षक राखेका छन् ।

अहिलेसम्मका विजेता
मुम्बई इन्डियन्स    चारपटक    (२०१३, २०१५, २०१७, २०१९)
चेन्नई सुपर किंग्स    तीनपटक    (२०१०, २०११, २०१८)
कोलकाता नाइट राइडर्स    दुईपटक    (२०१२, २०१४)
राजस्थान रोयल्स    एकपटक    (२००८)
डेकन चाजर्स    एकपटक    (२००९)
सनराइजर्स हैदराबाद    एकपटक    (२०१६)

खेल–तालिका

प्रकाशित : २०७७ भदौ २१ गते २२:४१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI