प्रभाषको ‘आदिपुरुष’मा भिलेन बन्दै सैफ अलि

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते १३:२२
प्रभाषको ‘आदिपुरुष’मा भिलेन बन्दै सैफ अलि

‘बाहुबली’ फ्रेम्ड अभिनेता प्रभाष नयाँ चलचित्रको तयारीमा लागेका छन् । निर्देशक ओम राउतको निर्देशनमा बन्न लागेको ‘आदिपुरुष’मा प्रभाषले मुख्य भूमिका निर्वाह गर्नेछन् ।

यस्तैमा, चलचित्रका लागि बलिउड अभिनेता सैफ अलि खान पनि पक्का भएका छन् । बिहीबार निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दै सैफ अलिले चलचित्रमा काम गर्न लागेको जानकारी दिएका हुन् । चलचित्रमा सैफले खलपात्रको भूमिका निर्वाह गर्नेछन् ।

पौराणिक भनिएको यस चलचित्रमा रामायणको पनि एक हिस्सा हुनेछ । चलचित्रमा प्रभाष राम बन्दै छन् भने सैफ रावण बन्नेछन् ।

एक थ्रीडी एक्सन ड्रामामा निर्माण हुने यस चलचित्र हिन्दी, तेलगु, तमिल, मलायालम, कन्नड र केही विदेशी भाषामा प्रदर्शनमा आउनेछ । चलचित्रलाई सन् २०२२ मा रिलिज गर्ने निर्माण पक्षको लक्ष्य छ ।

प्रकाशित : २०७७ भदौ २० गते १३:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI