कावासोतीको बन्दाबन्दी हटाइयो: वडा नं ३ र १६ का केही क्षेत्र सिल

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते १८:३३

कावासोती । नवलपुरको कावासोती नगरपालिकाको केही क्षेत्र सिल गरिएको छ । शुक्रबार पोखरा बाट प्राप्त पिसिआर रिपोर्ट अनुसार नगरपालिकाको वडा नं ३ र १६ मा गरेर ९ जना संक्रमित थपिए पछि वडा नं ३ र १६ का केही क्षेत्र सिल गरिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा आज बसेको विपत व्यवस्थापन समितिको बैठकले वडा नं ३ को पुर्वमा सेन्टजोसेफ स्कुलको चोक, पश्चिममा राम मन्दिर चोक,उत्तरमा नवदुर्गा चोक र दक्षिणमा थकाली चोक क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले वडा नं १६ को त्रिभुवनटार टाडीको नमूना टोलको पुर्वमा मिलन चोक, पश्चिममा निलगिरी चोक, उत्तरमा माथिल्लो गैराटोलको बाटो र दक्षिणमा त्रिभुवनटार बिच बाटो भएको क्षेत्र यहि भाद्र २५ गते सम्मका सिल गर्ने निर्णय गरेको हो ।

सिल गरिएको क्षेत्रमा अनावश्यक हिडडुल,अत्यावश्यक बाहेकका व्यापार व्यबसाय सबै बन्द रहने बताईएको छ ।

यस्तै कावासोती नगरपालिकाले घोषणा गरेको शुक्रबार राती बाह्र बजे बाट सकिने बन्दा बन्दी नथपिने भएको छ । यद्यपि बन्दा बन्दी नथपिए पनि अनावश्यक हिडडुल नगर्न स्वास्थ सुरक्षा मापदण्ड अपनाउन र सामाजिक दुरि कायम गर्न, साबुन ,मास्क र सेनिटाइजर प्रयोग गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ।

प्रकाशित : २०७७ भदौ १९ गते १८:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI