कोरोना संक्रमणबाट रुपन्देहीमा थप तीन जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते १३:०१
कोरोना संक्रमणबाट रुपन्देहीमा थप तीन जनाको मृत्यु
corona

रुपन्देहीमा कोरोना सङ्क्रमित थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी दिए अनुसार होम आईसोलेसनमा रहेका सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर ८ का ४५ वर्षिय पुरुषको मृत्यु भएको हो ।
मृगौलाले काम नगरेपछि चितवनमा डाईलासिस गरेर फर्केका उहाँको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्शन केदारनाथ साहले बताउनुभयो शुक्रबार बिहान नै बुटवल उपमहानगरपालिका ८ का ७८ बर्षिय पुरुषको कोरोना बिशेष अस्पतालमा मृत्यु भएको थियो ।
त्यसअघि शुक्रबार नै बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो ।

उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोगकी विरामी निमोनिया देखिएपछि उहाँलाई भदौ ४ गते अस्पतालको आईसीयु राखेर उपचार गराईएको थियो । गोरखापत्रबाट

प्रकाशित : २०७७ भदौ १९ गते १३:०१

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI