मेसी बार्सिलोनामै रहने सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १८ गते २१:०८
मेसी बार्सिलोनामै रहने सम्भावना

१८ भदौ, काठमाडौं । सुपरस्टार लिओनल मेसी नयाँ सिजन बार्सिलोनामै बस्ने संकेत देखिएको छ । अघिल्लो हप्ताको मंगलबार मेसीले क्लब छाड्ने घोषणा गर्दै बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउलाई पत्र लेखेका थिए ।

त्यसयता मेसीबारे धेरै लेखियो । धेरै चर्चा समेत भयो । मेसी अब कुन क्लब जालान् भन्ने प्रश्नहरु समेत उठे । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी मेसीलाई अनुबन्ध गर्न सक्ने क्लबमा सबैभन्दा अघि देखियो ।

तर पछिल्लो पटक मेसीका एजेन्टसमेत रहेका उनका बुबा जर्जले क्लब अध्यक्ष बार्तामेउलाई भेटेपछि भने मेसी क्लबमै रहेको समभावना बढेको छ ।

क्लबमा मेसीको भविष्यबारे निर्णय गर्न जर्जले क्लब अध्यक्षसँग बैठकसमेत गरेका थिए । तर ठोस निर्णय आएको थिएन । पछिल्लो घटनाक्रम अनुसार जर्जले पनि मेसी बार्सिलोनामै बस्ने संकेत गरेका छन् ।

मेसीका बुबा जर्जले मेडियासेटसंगको कुराकानीमा बार्सिलोनासंगको छलफल राम्रो भएको बताउँदै उनले २०२१ सम्म क्लबमा रहन सक्ने बताएका हुन् ।

मेसी सम्झौता अनुसार नै २०२१ को सिजन अन्त्यसम्म बार्सिलोनमा रहन्छन् भन्ने प्रश्नमा जर्जले ‘यस’ भनेको गोल डट कमले उल्ले ख गरेको छ ।

बार्तामेउ र जर्जबीच मेसीको भविष्यको बारेमा अझै केही दिन छलफल हुने मार्काले जनाएको छ । बुधबार भएको भेटघाट भने निष्कर्षविहीन बनेको थियो ।

प्रकाशित : २०७७ भदौ १८ गते २१:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI