काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९ सय १७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसँगै नेपालमा २४ हजार २ सय ७ जना संक्रमित उपचारपछि निको भएका छन्। ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु र हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।
आज मन्त्रालयका अनुसार १३ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै अहिले सम्म ७ लाख ३१ हजार ८ सय ५२ जनाको पिसिआर परीरक्षण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ हजार ७ सय ४९ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –२००१
प्रदेश २– ६४७१
बाग्मती प्रदेशमा –१५९९
गण्डकी प्रदेशमा –१७१७
प्रदेश ५मा –५२७६
कर्णाली प्रदेशमा –२१३७
सुदूरपश्चिम प्रदेशमा ५००६
प्रकाशित : २०७७ भदौ १८ गते १६:५१
Facebook Comment