विनयी त्रिवेणीका ५ सहित नवलपुरमा थप ७ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १७ गते ११:५१
विनयी त्रिवेणीका ५ सहित नवलपुरमा थप ७ जनामा कोरोना संक्रमण

कावासोती । नवलपुरमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको विनयी त्रिवेणी र गैंडाकोटमा थप संक्रमण भएको जनाईएको छ ।

बुधबार बिहान संक्रमण पुष्टि भएकाहरूमा विनयी त्रिवेणी गाँउपालिका वडा नं ४ का ३५ र ४१ बर्षका महिला, ५४ र ४१ बर्षका पुरुष, बिनयी त्रिवेणी वडा नं. ३ की ५८ बर्षकी महिला रहेका छन् । यस्तै गैंडाकोट ९ की ४० बर्षकी महिला र ७६ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको सख्या ४ सय ८७ पुगेको छ । जसमध्ये ३ सय ४१ जना भने उपचार पछि निको भइसकेका छन् र १ जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ भदौ १७ गते ११:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI