कावासोती । पुर्वी नवलपरासीको देवचुली-१५मा ६ दिनकी सुत्केरी महिलामा कोरोना संक्रमण देखिएको छ ।
चितवनको पुरानो मेडिकल कलेज सिएमसिमा गत भाद्र ९ गते सुत्केरी भएकी २१ वर्षीय महिलालाई संक्रमण देखिए पछि आफ्नै घरको आईसोलेसन राखिएको देवचुली नगरपालिकाका प्रवक्ता क्या डिलबहादुर खत्रीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
यो संगै देवचुली नगरपालिकामा संक्रमितको संख्या ३६ पुगेको छ भने २७ जना निको भएर घर फर्किएका छ्न ।
प्रकाशित : २०७७ भदौ १४ गते १४:४५
Facebook Comment