सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १२ गते १५:५८
सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

पर्सा, १२ भदौं । नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा, बारा र रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले बताए अनुसार संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ ।

महामारीका बेला सुरक्षा निकायमा कर्मचारीको सरुवा भएपछि रवाना हुनुअघि कोरोना संक्रमण परीक्षण हुँदै आएको छ । त्यही क्रममा सरुवा भएका सशस्त्र प्रहरी कर्मचारीमा संक्रमणको जाँच गरिएको थियो ।

सीमामा कार्यरत रहँदा र क्वारेन्टिन व्यवस्थापन गर्दा उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य थालिएको छ ।
योसँगै हालसम्म देशभर ५०२ सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : २०७७ भदौ १२ गते १५:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI