प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ११ गते २१:३९
प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु

जनकपुर । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले आज जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो ।

प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । साथै सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ सङ्क्रमित थपिएको हो । अब कूल सङ्क्रमितको सङ्ख्या नौं हजार ५५१ पुगेको छ । सोमध्ये आज ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन् ।

यसैबीच, यस प्रदेशअन्तर्गत १९६ क्वारेन्टिनस्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५५४, आइसोलेशनमा एक हजार १२१ र होम आइसोलेशनमा तीन हजार ८६२ जना बसेका छन् ।

प्रकाशित : २०७७ भदौ ११ गते २१:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI