मुख्य मन्दिर बन्द भएपनि भक्तजनहरु पशुपतिनाथ मन्दिर पुगे, हेर्नुहोस् तस्वीरहरु

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते १०:३५
मुख्य मन्दिर बन्द भएपनि भक्तजनहरु पशुपतिनाथ मन्दिर पुगे, हेर्नुहोस् तस्वीरहरु

काठमाडौं । आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । हिन्दू नेपाली नारीहरुका लागि आजको दिनलाई विशेष रुपमा लिइन्छ ।

साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गरेको भएपनि यसपटक कोरोना भाइरसको महामारीका कारण अधिकांश शिवालयहरुमा दर्शनार्थीको उपस्थिति न्यून रहेको छ ।


सरकारले २५ जना भन्दा जना एक स्थानमा भेला नहुन भनेको छ भने मन्दिरहरु पनि प्राय बन्द अवस्थामा रहेका छन् । काठमाडौंको पशुपतिनाथको मन्दिर समेत बन्द रहेको छ । तर दर्शनार्थी भने मन्दिरको बाहिरैबाट पुजा गरी फर्किएका छन् । पाशुपत क्षेत्रका रहेका अन्य मन्दिरहरुमा पुजाआराधना गरे । खास गरी यहां रहेका ताकेश्वर र भुवनेश्वरी मन्दिरमा पुजा गरेर फर्किए । अविरल वर्षाको प्रवाह नगर्दै धेरै हिन्दुनारीहरु पाशुपत क्षेत्रमा पुगेका छन् ।
तस्वीरमा हेर्नुहोस् पाशुपत क्षेत्रको दृश्य

प्रकाशित : २०७७ साउन ५ गते १०:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI