तुल्सीराम भण्डारी
झुट सानो स्वरले बोले पनि सबले सुन्छन्न। सत्य चिच्याएरै बोले पनि कसैले सुन्दैनन्। अहिले विश्वनै आतङ्कित छ भिन्न भिन्न नकारात्मक समाचारबाट र एकातिर विश्व आतङ्कित छ कोरोना महामारीबाट!
नेपालको विकास किन हुन सकेन? भन्ने कुराको उत्तर यसपटक भने सजिलै रुपमा आंकलन गर्न सकिन्छ। भाइ फुटे गबार लुटे भने जस्तै नेपालको प्रधानमन्त्रीले दैनिक कार्य संचालन बाहेक थप कुरा गर्नै नसक्ने गरी चौतर्फी रुपमा घेराउमा पारिंदै छ। कुनै पनि नयाँ कुरा गर्ने बित्तीकै हरेक कोणबाट आक्रमण गरिन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दुई चार वटा फरक निर्णय र कार्यशैलीबाट छटपटाएको छिमेकी देश भारतका (दलालहरु) प्रवक्ताहरु कसरी गर्जिदै छन ? भन्ने कुरा पनि स्पष्टनै छ हरेक कोणबाट नेपाललाई जकड्याउन सफल रहेको भारतीय सत्तालाई चुनौती दिंदाखेरी पनि किन भारत बोलिरहेको छैन? याे कुरा पनि अब कसैले सोच्नु परेन!
उनीहरुले थुप्रै लगानी गर्दै नेपालको क्याविनेट देखि राजनीतिक पार्टीहरु कर्मचारीतन्त्रदेखि नागरिक समाजका अगुवाहरुलाई समेत भारतले उसको पक्षमा बोलि दिन प्रवक्ता नै बनाउदै आएकाे कसै बाट लुकेको छैन। यसको नेतृत्व भने प्राविधिक रुपमा गठजोड गर्दै प्रधानमन्त्री समेत हुन पुगेका डा.बाबुराम भटृराईले गरिरहेका छन्। नेपाललाई नै विघटन गर्नुपर्छ भन्ने उनको जीवन संगीनी हिसिला यमीलाई पथ प्रदर्शक मान्ने डा. भटृराईलाई अब नेपाली जनताले राम्रैसंग चिन्नुपर्ने बेला आएको छ।
आफ्नो प्रचुर बौद्धिकतालाई भारतको निमित्त खर्च गर्ने उहाँका हरेक विचारहरुले नेपालको राजनीति, धर्म, संस्कृति र अर्थतन्त्रलाई सधैंभरी उल्टो दिशातपर्फ मोड्नको निमित्त संधै प्रयत्नशील देखिन्छ। याे कुरामा प्रष्ट हुन उनले पछिल्लो समयमा दिदै आएको अभिव्यक्ति बाट नै प्स्टर हुन्छ।
त्यस्तै प्रधानमन्त्रीले नै शंका गर्नु पर्ने नजिकका मन्त्रीहरु र आफ्नै पार्टीका सहकर्मीहरुलाई समेत देख्दा, नेपाली सत्ताको शक्तिशाली भनिएका प्रधानमन्त्रीको निरीहता स्पष्टै देखिएको छ। आखिर यी व्यक्तिहरुले राजनीति कसको लागि गरिहरेका छन्? विदेशीको भक्ति किन गर्नु परेको हो? किन आफ्नो खुटृामा टेकेर राजनीति गर्न नसकेका होलान? आदि इत्यादि थुप्रै प्रश्नहरुको उत्तर सायद, यिनीहरुसँग पनि छैन होला।
यतिखेर राष्ट्रिय सवाललाई उठाउंदा प्रधानमन्त्री ओली माथि चौतर्फी आक्रमण भएको छ । देशी-विदेशी मात्रै होइन, आफ्नै सहकर्मीहरुबाट समेत सावधान हुनुपर्ने अवस्था आएको छ। प्रधानमन्त्रीले नेपाल र नेपालीको लागि बोल्दा आफ्नै नेतृत्वको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनुपर्ने विचित्रको अभ्यास देशले गर्दैछ।
अब देशले असार साउनको विकास होइन, देश भित्र व्याप्त रहेको विदेशी मनरुपी फोहरीहरुलाई तह लगाउनु पर्ने अवस्था आएको छ। विदेशीका भक्तहरु संसदमा जान सक्ने अवस्था रहेसम्म देशले प्रगती गर्न सक्दैन। संसदले जनताको आवाज बोल्न सक्दैन। एउटा वास्तविकता के हो भने, जबसम्म नेपालले भारतसँग होसियारीको राजनीति अपनाउँदैन, तबसम्म भारतीय सहकार्यमा गरिने कर्मबाट देशको विकास हुँदैहुँदैन।
भारत, नेपालको विकास हेर्न चाहँदैन। सम्पूर्ण रुपमा पराधिन गर्दै आफ्नो पिछलग्गु बनाउन उसले अपनाउने विभिन्न हथकण्डा देख्दा यो वास्तविकता छर्लङगै देखिन्छ।
नेपाललाई गरेको सहयोगको नाममा लैनचौरले भित्र्याएको भारतीय रुपैंयाँ खर्च गर्न पाउने उसको अधिकार रहेसम्म, नेपाल भित्र विकृति र विसंगति फस्टाई नै रहन्छ।
नेपालको सरकार आफ्नो घरेलु झगडा मिलाउनमै व्यस्त रहन्छ। सबै प्रकारका सम्भावनाहरु पानीमा बगी नै रहन्छन। त्यसैले नेपालको राजनीतिको जग बसाल्ने क्रममा नै ध्यान दिन सक्यो भने र राजनीतिक परिजीवीहरुलाई नियन्त्रण मात्र गर्न सक्यो भने पनि, नेपालीले नै नेपालको भविष्य सुन्दर बनाउने छन्
चन्द्रकोट गाउँपालिका ७ गुल्मी, हाल- नाईजेरिया
प्रकाशित : २०७७ साउन १ गते १७:०१
Facebook Comment