चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा हरियाली संस्थाको वृक्षारोपण सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २९ गते ७:०५

वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आईरहेको हरियाली संस्थाले यो बर्ष बृहत बृक्षारोपण कार्यक्रम संचालन गरिरहेको छ।

यसै सन्दर्भमा मध्यबिन्दु नगरपालिका स्थित चोरमारा प्राथमिक स्वास्थ केन्द्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

चोरमारा प्राथमिक स्वास्थ केन्द्रको खाली जमिनमा करिब पचास वटा फलफुल प्रजातिका बिरुवाहरु रोपिएको हो। अमला, लप्सी, कपुर, तेजपत्ता, धुपि लगायतका बिरुवाहरु रोपिएको चोरमारा स्वास्थ्य चौकीका प्रदिप चन्द्र लामिछानेले बताउनु भयो।

हरियाली संस्थाले बिभिन्न स्थानमा यस्तै प्रकारका कार्यक्रम गर्दै आईरहेको र यस अधि कावासोती नगरपालिकाको विभिन्न विद्यालयमा पनि बृक्षारोपण कार्यक्रम गरिसकेको छ।

प्रकाशित : २०७७ असार २९ गते ७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI