No ads found for this position

मध्यविन्दु नगरपालिकाको सातौं नगरसभा ७९ करोड ६१ लाखको बजेट पास गर्दै सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २५ गते २०:४०
No ads found for this position
No ads found for this position

कावासोती । मध्यविन्दु नगरपालिकाको सातौं नगरसभा आर्थिक बर्ष २०७७/७८ का लागि ७९ करोड ६१ लाख १ हजार ६ सय ३१ रुपैयाको बजेट पास गर्दै बिहिबार सम्पन्न भएको छ ।

मध्यविन्दु नगरपालिकाकि उपप्रमुख ओमकुमारी महतोले पेस गर्नु भएको अनुमानित आयव्यय नगरसभा ले सर्वसम्मत रुपमा पास गरेको हो ।

नगरसभामा बजेट पेस गर्दै नगर उप प्रमुख ओमकुमारी महतो

नगर सभामा पारित गरिएको बजेटमा चालु तर्फ ३६ करोड ९१ लख ४६ हजार र पुजीगत तर्फ ४२ करोड ६५ लाख ५५ हजार ५ सय ३१ रुपैया विनियोजन गरिएको छ ।

नगरसभामा सहभागी हुँदै नगरसभा सदस्यहरु

पारित बजेटमा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान तर्फ रु १६ करोड ६८ लाख ९० हजार, सर्सत अनुदान रु २८ करोड १० लाख ,समपुरक अनुदान २ करोड ९२ लाख, बिशेष अनुदान रु ७५ लाख, राजस्व बाडफाडबाट प्राप्त हुने रु १२ करोड १ लाख ५७ हजार रहको तथा आन्तरिक आयबाट प्राप्त हुने रु ७ करोड ६७ लाख ३० हजार र जनसहभागिताबाट १ करोड ३७ लाख ८५ हजार रहने अनुमान गरिएको छ । 

यस अघि गत असार १० गते सातौ नगर सभाको उद्घाटन गरि निती तथा कार्यक्रम पारित गरिएको थियो ।

प्रकाशित : २०७७ असार २५ गते २०:४०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI