कावासोती । आज असार १५, राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाने दिन । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्तसव गरि मनाईएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिएको छ । आजकै दिन कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खाने प्रचलन पनि रहेको छ । आज नवलपुरका विभिन्न क्षेत्रमा पनि राष्ट्रिय धान दिवसको दिन रोपाई सुरु गरेर दिवस मनाईएको छ । फोटो फिचर
Facebook Comment