खलनायकको दुनियाँमा एक अमर पात्र अमरिश पुरी : जसको अगाडि फिक्का हुन्थे नायक
NAWALPUR TIMES प्रकाशित : २०७७ असार १४ गते २२:४३
एजेन्सी । अग्लो कद , खतरनाक आवाज र दमदार व्यक्तित्वमार्फत् वर्षौंसम्म फिल्म प्रेमीको मनमा डर पैदा गर्ने अभिनेता थिए अमरिश पुरी । उनले थुप्रै फिल्ममा खतरनाक भिलेनको भूमिका निभाइसकेका छन् ।
अमरिश पुरी पर्दामा जब हिरोसँगै देखिन्थे तब उनका अगाडि हिरो नै फिक्का देखिन्थे । १५ वर्ष अघि यो संसारलाई बिदा गरिसकेपनि आफ्नो शानदार अभिनयका कारण उनी आज पनि मानिसहरुको मनमा जिउँदो छन् ।
सिमरनका ‘बाबूजी’ वा मिस्टर इन्डियाका ‘मोग्याम्बो’… अमरिश पुरीले आफ्नो जीवनमा थुप्रै अविष्मरणीय भूमिका निभाए । उनलाई बलिउडका सबैभन्दा ठूला भिलेनको रुपमा चिनिन्थ्यो । अमरिस पुरीले बलिउडमा आउनु अघि आफ्नो जीवनको लगभग दुई दशक बीमा कम्पनीलाई दिएका थिए । उनले दुई दशकसम्म एक बीमा कम्पनीका कर्मचारीको रुपमा काम गरेका थिए ।
यस्तै आफ्नो २१ वर्षको जागर उनले बलिउडमा आउन र आफ्नो अभिनयप्रतिको प्रेमका लागि छोडिदिएका थिए । उनलाई थिएटरको शौक निकै अघिदेखि थियो तर कुनै विशेष काम पाउन सकेका थिएनन् । तर एकदिन अचानक उनले नाटकमा अभिनयको मौका पाए । त्यसपछि उनी चर्चित थिएटर आटिस्टको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भए । यससँगै उनले लेखक तथा निर्देशक सत्यदेव दुबेको सहायकको रुपमा काम गरे ।
अमरिश पुरीले सन् १९७१ मा फिल्ममा पहिलो ब्रेक पाए । त्यसै वर्ष उनको फिल्म ‘रेशमा र शेरा’ आयो र यसमा अमरिश पुरीले अभिनयका लागि अत्यधिक प्रशंसा पाए । त्यसपछि अमरिश पुरीले कहिले पनि पछाडि फर्केर हेरेनन् । उनी क्रमशः खलनायकको दुनियाँमा एक अमर पात्र बने । उनको डायलग ‘मोग्याम्बो खुस हुवा’ बच्चादेखि वृद्धसम्मको मुखमा झुण्डियो ।
Facebook Comment