काठमाडौं । लकडाउनको मौका छोपेर करिव आधा दर्जन फिल्म युट्युवमा सार्वजनिक भएका थिए । ती फिल्म मध्यको एक हो ‘पोइ पर्यो काले’ ।
फिल्मले युट्युवमा एक करोड बढी दर्शक पाउन सफल भएको छ । सार्वजनिक प्रदर्शनमा आएको केही समयमै युट्युवमा आएको कारण फिल्मले छिट्टै धेरै दर्शक पाउन सफल भएको निर्माता किरण नेपालीले बताए ।
किरण नेपालीको निर्माण र शिशिर राणाको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
Facebook Comment