बेसारका फाईदै फाईदा

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ११ गते ७:०५
बेसारका फाईदै फाईदा

शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवर्दक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ।

बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ। बेसार सेवनबाट पाइने अनगिन्ती फाइदाहरूमध्ये केही यहाँ उल्लेख गरिएको छ।

१‍. लामो समयदेखि ग्यस्ट्रिकको शिकार भइरहेका बिरामीलाई बेसारको नियमित सेवनले पूर्ण रुपमा फाइदा पुर्‍याउँछ।

२. विभिन्न मेटलबाट शरीरमा फैलिने विषादीबाट बेसारले जोगाउने काम गर्छ। शरीरमा लागेको चोटपटक छिटोभन्दा छिटो निको पार्न बेसारले प्रमुख भूमिका खेलेको हुन्छ।

३. बेसारले खप्नै नसकिने गरी पोलेका र दुर्घटनामा परेर अप्रेसन गर्नुपर्ने बिमारीलाई समेत पेनकिलरको रुपमा फाइदा पुर्‍याएको हुन्छ। गाउँघरतिर आलो घाउमा बेसारको धुलो हाल्नुको वैज्ञानिक कारण पनि यही हो।

४. हिन्दु धर्ममा बेसारको प्रयोगलाई पवित्र मानिन्छ।जनै पूर्णीमामा होस् वा अन्य कुनै पूजामा हातमा बाँध्ने डोरोमा बेसारको प्रयोग गरिएको हुन्छ। यसले नकारात्मक शक्ति र विचारबाट बचाउँछ।

५. नियमित बेसार सेवन गर्नाले बुढोपन देखिँदैन। साथै विभिन्न औषधिबाट हुने साइड इफेक्टलाई पनि बेसारले रोक्ने काम गर्छ।

६. दिसा–पिसाबमा हुने संक्रमण घटाउन पनि बेसार उत्तम हुनुका साथै मिर्गौलासम्बन्धी रोगीलाई पनि फाइदाजनक मानिएको छ।

७. डाइबिटिज, रक्तचाप, मुटुसम्बन्धी समस्या र वजन घटाउन पनि बेसारको प्रयोग निकै उपयोगी मानिन्छ।

८. ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा रुघा पाक्छ र चाँडै आराम हुन्छ। साथै २ चम्चा बेसार २ गिलास पानीमा पकाउने र १ गिलास भएपछि दिनको २ पटक कुल्ला गरेमा ठिक हुन्छ।

९. बेसार र दूधको मिश्रणमा क्याल्सियम बढी हुन्छ, जसले गर्दा हड्डी बलियो हुन्छ। कम फ्याट भएको दूधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहनुका साथै  कलेजोको विषाक्त पदार्थ हटाउन मद्दत पुर्‍याउँछ।

१०. यदि अनिद्राको समस्या छ भने बेसार र दूध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दूधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निद्रा लगाउँछ।

प्रकाशित : २०७७ असार ११ गते ७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI