बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ८ गते ८:१९
बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि
corona

प्रकाश भण्डारी, गैँडाकोट

नवलपुरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। गैँडाकोट नगरपालिकाका २ जना मध्ये वडा नं. १७ का रहेका छन्।

यस सँगै सोमबार विहानमात्रै नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ।

अहिलेसम्म बुलिङ्गटार गाउँपालिकाका २७ जना र गैँडाकोट नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको छ। नवलपुर जिल्लामा यो सहित संक्रमितको संख्या १ सय ५६ पुगेको छ।

यसअघि सोमबार बिहान नै गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित : २०७७ असार ८ गते ८:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI