प्रकाश भण्डारी, गैँडाकोट
नवलपुरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। गैँडाकोट नगरपालिकाका २ जना मध्ये वडा नं. १७ का रहेका छन्।
यस सँगै सोमबार विहानमात्रै नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ।
अहिलेसम्म बुलिङ्गटार गाउँपालिकाका २७ जना र गैँडाकोट नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको छ। नवलपुर जिल्लामा यो सहित संक्रमितको संख्या १ सय ५६ पुगेको छ।
यसअघि सोमबार बिहान नै गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो।
प्रकाशित : २०७७ असार ८ गते ८:१९
Facebook Comment