मध्यबिन्दुका १७ र गैँडाकोटका १ जनामा कोरोना संक्रमण पुष्टि, नवलपुरमा संक्रमितको संख्या ८४ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ४ गते ६:२५
मध्यबिन्दुका १७ र गैँडाकोटका १ जनामा कोरोना संक्रमण पुष्टि, नवलपुरमा संक्रमितको संख्या ८४ पुग्यो
corona

प्रकाश भण्डारी, गैँडाकोट

नवलपुरमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार भरतपुर अस्पतालमा हिजो भएको परिक्षणमा गैँडाकोट नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो।

भरतपुरमा परीक्षण प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा ३० जनाको भने रिपोर्ट नेगेटिभ देखिएको छ । यो सहित गैँडाकोटमा कोरोना संक्रमितहरूको संख्या ५ पुगेको छ।

यस्तै, पोखरामा भएको स्वाव परिक्षणमा मध्यबिन्दु नगरपालिकाका १७ जनामा कोरोना संक्रमण देखा परेको छ । यो सहित मध्यबिन्दुमा संक्रमितहरूको संख्या २२ पुगेको छ।

यो सँगै नवलपुर जिल्लामा संक्रमितको संख्या ८४ पुगेको छ । संक्रमित सबै भारत बाट आएर क्वारेन्टाइनमा बसेको र सबैलाई देवचुलीको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब प्रसाद चापागाँईले बताउनुभयो ।

यो सहित गण्डकी प्रदेशमा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले जनाएको छ।

प्रकाशित : २०७७ असार ४ गते ६:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI