हुप्सेकोटका १५ सहित नवलपुरका १७ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३ गते ९:२७
हुप्सेकोटका १५ सहित नवलपुरका १७ जनामा कोरोना संक्रमण पुष्टि
corona

गण्डकी प्रदेशका दुई जिल्लाका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नवलपुरको हुप्सेकोट गाउँपालिकाका १५ जना, मध्यविन्दु नगरपालिकाका २ जना र पर्वतको फलेबास नगरपालिकाका ३ जना गरि थप २० जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो।

नवलपुरको हुप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ र २७ बर्षका रहेका छन्। जसमध्ये वडा नं. २ का १० जना, वडा नं. ६ का ४ जना र वडा नं. ४ का १ जना छन्। हुप्सेकोट गाउँपालिका वडा नं. २ का १० जना जनता आधारभुत विद्यालय गुहेरिको क्वारेन्टाइनमा रहेका थिए भने वडा नं. ६ का ४ जना र वडा नं. ५ का १ जना सरस्वती प्रा.वि गिरुवारिको क्वारेन्टाइनमा बसेका थिए।

त्यस्तै मध्यविन्दु नगरपालिकाको वडा नं. १० को जनता उच्च मा.वि अरुणखोलाको क्वारेन्टाइनमा र वडा नं. १२ को सरस्वती आधारभुत विद्यालय बेलहानी क्वारेन्टाइनमा रहेका १६ र ३० बर्षका २ पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्वतको फलेबास नगरपालिकाका १९ र २१ बर्षका २ पुरूष तथा ४६ बर्षीया १ महिला सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आज संक्रमण देखिने सबै भारतबाट आई क्वारेन्टाईनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।

प्रकाशित : २०७७ असार ३ गते ९:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI