नवलपुर जिल्लाको बिनयी त्रिवेणी गाँउपालिकाले व्यवसायिक कृषकलाई हाते ट्याक्टर बितरण गरेको छ।
बिनयी त्रिवेणी गाउँपालिका कृषि बिकास शाखाको आ.व २०७६/०७७ बार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत लागतमा ११ जना व्यवसायिक कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको गाउँपालिका कृषि शाखाका प्राविधिक मनोज चापागांईले बताउनुभयो।
विनयी त्रिवेणी गाँउपालिकाले श्रम र समयको बचत गर्दे सीमित जनशक्तिबाट कृषि कार्यका लागि सहज होस भन्दै हाते ट्याक्टर बितरण गरिएको गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर जिसिले बताउनुभयो।
प्रकाशित : २०७७ जेठ ३० गते १७:४२
Facebook Comment