सय धनाढय कलाकारको सुचीमा अक्षय कुमार

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते २२:५४
सय धनाढय कलाकारको सुचीमा अक्षय कुमार

फोर्ब्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सूची निकालेको छ । यो वर्ष सर्वाधिक कमाइ गर्ने मनोरञ्जन दुनियाँ का सेलिब्रिटीहरूको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन्।

अक्षय कुमार यो सूचीको ५२ औं नम्बरमा छन् । नायक अक्षय कुमारले ४८.५ मिलियन डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ ।अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेज लाई पनि उछिनेका छन् ।

अक्षय कुमारले चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन् । एक वर्षकै ४ वटा सम्म चलचित्र मा अभिनय गर्ने अक्षयको हातमा अहिले विज्ञापनको पनि कमी छैन ।

सामाजिक कथा बोकेका चलचित्रमा काम गरेपछि उनको करिअर चम्किएको छ । यसैले उनको ब्रान्ड भ्यालु पनि बढेको छ । यो सूचीको पहिलो नम्बरमा केली जेनरको नाम छ । उनले यो वर्ष पाँच सय ९० मिलियन डलर आम्दानी गरेकी छिन् ।एजेन्सी

प्रकाशित : २०७७ जेठ २४ गते २२:५४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI