कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउन मोडलबारे सबैतिरबाट आलोचना शुरु भएपछि अबको बोटोबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग छलफल शुरु गर्नु भएको छ ।
प्रधानमन्त्रीले बालुवाटारमा विज्ञहरूसँग अपरान्ह चार बजेबाट छलफल शुरु गर्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार विभिन्न क्षेत्रका २५ जना विज्ञहरु बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीले विज्ञहरुसँग अहिलेसम्म लकडाउन गर्दाको समिक्षा र आगामी दिनमा अपनाउनुपर्ने मोडालिटीका बारेमा छलफल गर्ने र सोही अनुसार निर्णयमा पुग्ने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
गत चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको भन्दै निजी क्षेत्रले रेड, एल्लो र ग्रिन जोन गरी लकडाउन खुकलो पार्न मंगलवार कोभिड १९ उच्चस्तरिय समन्वय समितिलाई सुझाव दिएका थिए ।
उच्चस्तरिय समितिले यसबारेमा बुधवार छलफल गर्ने भनिएपनि सिधै प्रधानमन्त्री आफैले विज्ञहरुलाई बोलाएर छलफल थाल्नु भएको हो । अभियानडेली डटकमबाट
प्रकाशित : २०७७ जेठ २१ गते १७:३३
Facebook Comment