कोरोना जितेर घर फर्किईन २५ वर्षीय गर्भवती महिला

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १८ गते १३:१८
कोरोना जितेर घर फर्किईन २५ वर्षीय गर्भवती महिला

भरतपुर- चितवनको भरतपुर अस्पतालमा उपचार गराएकी कोरोना संक्रमित गर्भवती महिला डिस्चार्ज भएकी छन् । हेटौंडा घर भएकी २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमै संक्रमण मुक्त भएको अस्पतालले जनाएको छ ।

उनलाई अस्पतालले एक कार्यक्रमगरी विदाई गरेको छ ।हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशालाले गत जेठ १४ गते ती महिलामा संक्रमण पुष्टि भएको जनाएको थियो । उनको जाँच जेठ १० गते भए पनि संक्रमण पुष्टि भने प्रयोशालाले जेठ १४ गते मात्रै गरेको थियो । सोही आधारमा एक साता मानेर शनिबार स्वाब लिएर दुईपटक कोरोना परीक्षण गरिएको थियो । भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुई पटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् । हेटौंडा उप महानगरपालिका वडा नं. १ की ती महिला पाँच महिनाकी गर्भवती छिन् ।

जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ती महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई भरतपुर अस्पतालमा ल्याएर उपचार गरिएको थियो । उनी र उनका श्रीमान चितवनमै रोजगारी गर्छन् ।

प्रकाशित : २०७७ जेठ १८ गते १३:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI