क्वारेन्टाईन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १४ गते ९:०३
क्वारेन्टाईन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु

क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ ।

राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टाइन पुगेका थिए ।

नयाँ क्वारेन्टाइन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भन्नुभयो, “राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टाइनमा पुगेका उहाँको मृत्यु भएको छ ।” वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण उहाँको मृत्यु भएको हुनसक्ने उहाँले बताउनुभयो ।

मृत्यु भएका रानाको शव परीक्षणका लागि राति नै सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्‍याईएको छ। अस्पतालमा मृतक रानाको शव परीक्षणपश्चात स्वाबको नमूना सङ्कलन गरी परीक्षण गरिने बताइएको छ। गोरखापत्रबाट

प्रकाशित : २०७७ जेठ १४ गते ९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI