उद्धारका निम्ति जिल्ला तथा देश बाहिर रहेका गाउँबासिको तथ्यांक संकलन गर्दै हुप्सेकोट गाउँपालिका

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १२ गते १७:१४
उद्धारका निम्ति  जिल्ला तथा देश बाहिर रहेका गाउँबासिको तथ्यांक संकलन गर्दै हुप्सेकोट गाउँपालिका

नवलपुर । पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकाले जिल्ला तथा देश बाहिर रहेका हुप्सेकोटका स्थानियको तथ्यांक संकलन अगाडी बढाएको छ । कोरोना भाईरस (कोभिड 19) को महामारी बढ्दै जादा काम बिशेषले जिल्ला तथा देश बाहिर रहेका गाउँपालिकाको स्थायी नागरिकको अवस्था र समस्या बुझ्न तथ्यांक संकलन गर्न लागिएको बताईएको छ ।

अध्यन,रोजगारी,ब्यवसाय तथा काम विशेषले जिल्ला तथा देश बाहिर रहेका नागरिकले हुप्सेकोट गाउँपालिकाको वेभसाईटमा गएर आफ्नो पुरा नाम,ठेगाना,हाल रहेको देश/जिल्ला,गाउँमा रहेका परिवारको नाम सम्पर्क नम्बर,बाहिर रहनुको कारण विशेष ,हाल सम्म RDt,PCR परिक्षण गरे नगरेको,तत्काल गाउँपालिका(घर) फर्कन चाहेको ,नचाहेको लगायतका जानकारी राखेर फारम भर्न सक्नेछन ।

महामारीको समयमा आफ्ना नागरिक समस्यामा परे नपरेको र घर फर्कन चाहे नचाहेको बास्तबिक अवस्था बुझ्न तथ्यांक संकलन गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटाले जानकारी दिए ।

“यो फारमले कुन देशमा आफ्ना कति नागरिक छन र महामारीमा उनिहरुको अवस्था कस्तो छ भन्ने तथ्यांक निकाल्न सजिलो हुन्छ” गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डे भन्छिन ” महामारीले रोजगारी खोसिएका दाजुभाईलाई रोजगारी सृजनाको योजना बनाउन पनि तथ्यांकले सहयोग गर्नेछ ” । उक्त फारम यो लिंकबाट भर्न सक्नुहुनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSf6QjDsj5XCe6dBIvwTQl7OpdHItT5zFKf4fNSMHHhh_8bcJw/viewform

हुप्सेकोट गाउँपालिकामा अहिले भारतबाट फर्किएका ५१ जना क्वारेन्टाइनमा बसिरहेका छन ।

प्रकाशित : २०७७ जेठ १२ गते १७:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI