भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेकोले नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी, महाशाखाले हाल देशको पूर्वी र मध्य भूभागमा सामान्य बदली भइरहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ
आइतबार दिउँसो देशको मध्य र पूर्वी भूभागहरुमा सामान्य बदली हुने र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहनेछ।
त्यस्तै, मध्य तथा पूर्वी पहाडी भूभाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा राति भने देशको पहाडी भूभागहरुमा सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रहने उल्लेख गरिएको छ ।
यसैगरी, मध्य र पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
प्रकाशित : २०७७ जेठ ११ गते ८:५२
Facebook Comment