काठमाडौं- नेपालमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न जिल्लामा गरी थप ३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
यो सहित नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ। आज बिहान पनि ३२ जना नयाँ संक्रमित थपिएका थिए। बिहानको ३२ र दिउसो थपिएको ३६ सहित आज शनिबार मात्र ६८ जनामा संक्रमण देखिएको हो।
संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको डा देवकोटाले जानकारी दिए। नेपालमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको ५ भने ७० जना उपचारपछि निको भएका छन्।
प्रकाशित : २०७७ जेठ १० गते १६:२८
Facebook Comment