कपिलवस्तुका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । वाणगंगा नगरपालिकाका एक वडाध्यक्षमा संक्रमण पुष्टि भएको हो।
कपिलवस्तुमा पत्रकारलाई पनि संक्रमण पुष्टि भएको छ। शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, कपिलवस्तुमा वडाध्यक्ष र पत्रकारमा पनि संक्रमण पुष्टि भएको हो । शुक्रबार मात्रै दुई पत्रकारमा संक्रमण पुष्टि भएको थियो।
कपिलवस्तुमा थपिएका संक्रमित मध्ये ६ जना वाणगंगा र २ जना बुद्धभूमिकाका रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ जना नै वाणगंगाका भनेपनि स्वास्थ्य कार्यालयले नाम भेरिफाई गर्दा २ जना बुद्धभूमिका रहेको पाइएको कार्यालयका कोरोना फोलक पर्सन थापाले जानकारी दिए।
प्रकाशित : २०७७ जेठ १० गते १५:२२
Facebook Comment