काठमाडौ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको सरकारले दुई कौडीको काम पनि नगरेको बताएका छन् । प्रतिनिधि सभामा मन्तव्य राख्दै नेता महतोले सरकार हुकुमी शैलीमा चलेको भन्दै क्षमता र एजेण्डा नै नभएको आरोप लगाए । सरकारप्रति आक्रोशित बनेका महतोले सरकारलाई पार्टी फुटाउने र कुर्सी जोगाउने भन्दा अरु कुनै कुरामा ध्यान नभएको आरोप लगाए । उनले राजपालाई एकता गरेर सरकारलाई ‘सरप्राइज’ दिएको बताए ।
प्रकाशित : २०७७ वैशाख २६ गते १८:०१
Facebook Comment