No ads found for this position

पाँच प्रदेशमा कोरोना संक्रमण, प्रदेश १ मा मात्रै १२ जना

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख ६ गते ७:२९
No ads found for this position
पाँच प्रदेशमा कोरोना संक्रमण, प्रदेश १ मा मात्रै १२ जना
No ads found for this position

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नेपालको पाँच वटा प्रदेशमा देखा परेको छ । शुक्रवारसम्म नेपालमा ३० जना कोरोना संक्रमित देखा परेका छन् । उदयपुरमा १२ र चितवनामा २ जना कोरोना संक्रमित देखिनुअघि नेपालमा १६ जना कोरोना संक्रमित थिए ।

जसमा एक जना निको भएर घर गइसकेका थिए भने बाग्लुङकी एक बृद्घाको पनि पछिल्लो पटक कोरोना परिक्षणमा नेगेटिभ देखिएको छ । तर पछिल्लो कोरोना संक्रमणको अवस्था हेर्दा प्रदेश १ र प्रदेश २ मा अझ वढी जोखिम देखिएको छ । जोखिम यो कारणले पनि छ की उदयपुर र विरगञ्जमा पछिल्लो समय कोरोना संक्रमण देखिएकाहरु मस्जितमा लुकिरहेको अवस्थामा प्रहरीले स्वाब परीक्षण गरे पश्चात घटना बाहिर आएको हो ।

अहिलेसम्म प्रदेशको आधारमा प्रदेश नम्बर १ , प्रदेश नम्बर २, प्रदेश नम्बर ३ , गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखा परेका छन् । जसमा प्रदेश १ मा १२ जना (उदयपुर) , प्रदेश २ मा ४ जना (विरगञ्ज ३, रौतहट १) , प्रदेश ३ मा ७ जना (काठमाडौ ५, चितवन २), गण्डकी प्रदेश २ जना (बागलुङ) र सुदुरपश्चिम प्रदेशमा ५ जना ( कैलाली ४ , कञ्चनपुर १) गरी अहिले नेपालमा ३० जना कोरोना संक्रमित देखिएका छन् । यस्तै कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा भने अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।

संक्रमित गोपनियता राख्ने भन्दै सरकारले संक्रमित रहेको जिल्ला र उनीहरुको उमेर समूहबाहेक थप विवरण सार्वजनिक गरेको छैन्। अझ प्रदेश १ र २ मा फेला परेका अधिकांश कोरोना संक्रमित भारतीय भनिएको छ तर सरकारले आधिकारिक रुपमा भनेको छैन्।

नेपालमा रहेका अधिकांश कोरोना संक्रमित विदेशबाट आएका हुन् तर सुदुरपश्चिम प्रदेशमा भने एकजना संक्रमित भने आफन्तबाट कारोना संक्रमण भएको पाइएको छ। शुक्रबार बेलुका नयाँ संक्रमित पुष्टि हुनु अगाडिसम्म काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका थिए।

काठमाडौंमा पाँच जना कोरोना संक्रमित फेला परेका थिए। शुक्रबार एकै पटक १२ जना संक्रमित फेला परेपछि अब उदयपुर सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला भएको छ। स्रोत- लोकपाटी डटकम

प्रकाशित : २०७७ वैशाख ६ गते ७:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI