रोजगारीका लागि खाडी र मलेसिया पुगेका ५० जना नेपालीमा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ। कोरोनाका कारण १ जनाको मृत्यु भएकाे छ भने ५ जना उपचारपछि निको भएका छन्।
संक्रमित ५० नेपाली मध्ये बहराइनमा २२, युएईमा १२, कुवेतमा ९, साउदीमा ४, कतारमा २ र मलेसियामा १ जना रहेका छन्।
युएईमा १२ जना नेपालीलाई कोरोना संक्रमण भएकोमा १ जनाको मृत्यु भएकाे छ। २ जना उपचारपछि निको भएका छन् भने बाँकी ९ जना उपचाररत छन्।
साउदीमा ४ जना नेपालीलाई कोरोना संक्रमणकाे पुष्टि भएकोमा ३ जना उपचारपछि काममा फर्किएका छन् भने १ जना उपचाररत छन्। स्रोत- नेपाल लाईभ डटकम
प्रकाशित : २०७६ चैत २९ गते १७:००
Facebook Comment