एजेन्सी : फिल्ममा मात्र होइन बलिउड सुपरस्टार
सलमान खान कुनै पनि ब्राण्डको लागि पनि दोस्रो सेलिब्रेटीका लागि अप्ठयारो पार्न सक्छन् । उनको स्टारडम यस्तो छ कि कुनै पनि कम्पनी उनलाई ब्राण्ड
एम्बेसेडर बनाउनको लागि करोडौं खर्च गर्न तयार हुन्छन् । सलमान खानले केही दिन अगाडि एउटा स्मार्टफोन कम्पनीको लागि
विज्ञापन शुटिङ गरेका थिए । उक्त विज्ञापन
मुम्बईको महबुब स्टुडियोमा शुटिङ गरिएको थियो । सलमान खानले उक्त विज्ञापन शुटिङको लागि प्रतिदिन ७ करोड भारु
लिएका थिए ।
विज्ञापन शुटिङको गर्दा ब्राण्डको मार्केटिङलाई
मध्यनजर गरेर गरिएको थियो जसले गर्दा शुटिङ गर्न चार÷पाँच दिन लाग्यो । सलमानले एक दिनको
हिसाबले ७ करोड भारु दिइयो । यस हिसाबले उनले २८/३५ करोड
भारु लिए । अर्को आश्चर्यको कुरा के छ भने उक्त
विज्ञापन स्मार्टफोनको थियो । उक्त स्मार्टफोनको मूल्य १४, ९९९ मात्रै रहेको छ । उक्त स्मार्टफोनको बारेमा सलमान भन्छन्, ‘तीव्र रुपमा माग बढिरहेको स्मार्टफोनसँग जोडिन पाएकोमा निकै खुशी
छुँ । रियल मि ६ सिरीज स्टाइलिश छ । र, यो ग्राहकलाई निकै मन पर्नेछ ।’
प्रकाशित : २०७६ फागुन २२ गते ११:३२
Facebook Comment