प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो बुधबार मिर्गौला प्रत्यारोपण हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उक्त जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री ओली मिर्गौला
प्रत्यारोपणका लागि सोमबार नै महाराजगंज स्थित त्रिभुवन शिक्षण अस्पतालमा भर्ना हुने प्रवक्ता श्रेष्ठले बताए ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सचिवालय बैठकमा अन्य कुनैपनि विषयमाथि छलफल नभएको उनले बताए ।
उनले प्रधानमन्त्री ओलीको मिर्गौलाको सफल प्रत्यारोपण र स्वास्थ्य लाभको लागि सचिवालय बैठकले शुभकामना ब्यक्त गरेको जानकारी दिए ।
प्रकाशित : २०७६ फागुन १९ गते ७:५३
Facebook Comment