होमनाथ पौडेल / देवचुली
गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन भोलि नवलपुरको देवचुली आउने कार्यक्रम रहेको छ । देवचुली १४ मा रहेको जनज्योति नमूना मा.बिमा जिल्ला आयोजना कार्यान्वयन ईकाई नवलपुरको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित ४ कोठे भवनको समुदघाटन गर्न शेरचन आउन लाग्नु भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तिलप्रसाद काफ्लेले बताउनु भयो । यसै गरि देवचुली नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित दुई कोठे भवनको देवचुली नगरपालिकाका का प्रमुख पुर्णकुमार श्रेष्ठले समुदघाट्न गर्ने कार्यक्रम रहेको अध्यक्ष काफ्लेले जानकारी दिनु भयो ।
प्रकाशित : २०७६ फागुन ४ गते १२:२९
Facebook Comment