नेपाल चिकित्सक संघको निर्वाचन सकिएको छ। तीन वर्षे नयाँ कार्यकालका लागि डा लोचन कार्कीको नेतृत्वमा २८औं नयाँ कार्यकारिणी समिति चयन भएको छ। यसपटकको निर्वाचनमा लोकतान्त्रिक समुहबाट डा. कार्की र संयुक्त पेशागत समावेशी समुहबाट डा पुष्पमणि खराल अध्यक्षको प्रतिस्पर्धामा थिए।
डा कार्कीले ४ हजार १ सय ११ मतले विजयी भए। उनका प्रतिद्धन्दी खरालले पेशागत समावेशी समूहका खरालको १ हजार ९ सय ७९ मत आएको छ। डा कार्की र डा खरालबीच २ हजार १ सय ३२ मतको अन्तर छ।
मंगलबार संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले विजयी उम्मेदवारहरुको घोषणा गरे।
विजयीको नाम घोषणा गरेपछि निर्वाचन समितिका प्रमुख मरासिनीले यसपटकको निर्वाचनमा चिकित्सकमा उत्साह देखिएको बताए। उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद समेत दिए।
उनले भने,‘निर्वाचनमा साह धेरै देखियो। चिकित्सकमा केही न केहि उकुसमुकुस छ त्यसैले ठूलो संख्यामा मत खसेको छ। सो अनुसारको काम गरेर सस्थामा अझ माथि पुर्याउनु होला।’
उनले चिकित्सक संघमा सदस्यको नामवली व्यवस्थापन अझ व्यवस्थित बनाउनुपर्ने सुझाव दिँदै निधन भइसकेका, विदेशमा रहेका चिकित्सकहरु सबै छुट्टयाएर नामावली राख्नुपर्ने बताए। उनले कतिपय मतदाताको नामावली छुटेकोले समस्या भएको अनुभव सुनाए।
नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष आनन्दबहादुर श्रेष्ठले नयाँ नेतृत्वलाई चिकित्सकप्रति बढ्दै गएको वितृष्णा कम गर्न र पेशागत सुरक्षाका क्षेत्रमा काम गर्न सुझाव दिए।
उनले भने, सरकारी र निजि चिकित्सक भनेर नलडौं। सबैका लागि लड्नुपर्छ। सिनियर जुनियर सबैलाई समान व्यवहार गर्दै संघ अघि बढोस्।’
अर्का पूर्व अध्यक्षहरु डा चोपलाल भुसाल र डा केदारनरसिंह केसीले संघलाई प्राज्ञिक र अनुसन्धान सेन्टरको रुपमा विकास गर्नुपर्ने सुझाव दिएका छन्।
नवनिर्वाचित अध्यक्ष डा लोचन कार्कीले सबैको भावना समेटेर निर्वाचनका समयमा गरेका प्रतिवद्धतालाई पुरा गर्ने बताए। नयाँ नेतृत्वले अगामी फागुन १५ र १६ गते पोखरामा हुने संघको सम्मलेनबाट आधिकारीक जिम्मेवारी पाउने छ।
यस्तो छ नयाँ कार्यसमिति
- अध्यक्ष- डा लोचन कार्की
- वरिष्ठ उपाध्यक्ष – डा शिवप्रसाद श्रेष्ठ
- उपाध्यक्ष – डा अनिलविक्रम कार्की
- महासचिव – डा बद्री रिजाल
- कोषाध्यक्ष – डा प्रकाश बुढाथोकी
- सहसचिव – डा निरजकुमार सिंह
- सहकोषाध्यक्ष – डा विश्वराज दवाडी
सदस्यहरु
- डा विपेश आचार्य
- डा नन्दाकुमारी गुरुङ
- डा लिजन महर्जन
- डा प्रमोद जोशी
- डा रितेश थापा,
- डा सञ्जिव तिवारी
प्रकाशित : २०७६ माघ २८ गते १९:१०
Facebook Comment