प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ आज हुने कार्यक्रम तय गरिएको छ।
सभामुख सापकोटाले राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनु हुने छ। प्रतिनिधिसभाको हिजोको बैठकबाट सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको हो। नेपालको संविधान बमोजिम सभामुखले राष्ट्रपतिबाट शपथ लिनुहुने छ।
प्रकाशित : २०७६ माघ १३ गते ११:४९
Facebook Comment