भ्रमण वर्षको पुर्व सन्ध्यामा चिटिक्क त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल
NAWALPUR TIMES प्रकाशित : २०७६ पुष १५ गते २०:५२
काठमाडौं, पुस १५ गते । भ्रमण वर्ष २०२० बुधबारबाट शुरु हुँदै छ । नेपाल आउने धेरै पर्यटक नेपालमा हाल सञ्चालनमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने तथा जाने गर्छन् । पर्यटकका लागि मुख्यद्वारको रुपमा रहेको सो स्थलको आगमन तथा प्रस्थान कक्षमा अहिले निकै सुधार भएको पाइएको छ । सरसफाइ तथा साजसज्जामा निकै फरक अनुभूति गर्न सकिन्छ । भित्ताहरुमा पोस्टर तथा गमलाको सजावटले चिटिक्क बनेको छ विमास्थल ।
Facebook Comment