नबजागरण बहुमुखी क्याम्पस मध्यबिन्दु ०७ चोरमारामा यहि पौष २७ गतेदेखि माघ ०६ गतेसम्म हुने श्रीमद्भागवत पितृ मोक्ष धनधान्याचल बिराट ज्ञान महायज्ञको वडा तथा टोल स्तरिय प्रचार प्रसार समिती गठनको क्रमलाई तिब्रता दिईएको छ । प्रचारप्रसारलाई विभिन्न पालिकाको वडा सम्म पुर्याउनका लागि यस्तो समिति गठन गर्न लागिएको हो । जसअन्तर्गत आज मध्यबिन्दु नगरपालिकाको वडा नम्बर ०२ कोल्हुवाको राधाकृष्ण टोलमा एक कार्यक्रमका बिच समिति गठन गरिएको छ । महायज्ञका प्रचार प्रसार समिती संयोजक जीवन पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मध्यबिन्दु २ का वडा सदस्य शिबराज घिमिरे प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा स्थानिय समाजसेवी मीन बहादुर थापाको संयोजकत्व तथा तारा सिग्देल बोहराको सह संयोजकत्वमा १५ सदस्यीय टोल स्तरिय प्रचार प्रसार समिति गठन गरिएको हो । त्यस क्षेत्रका अगुवाहरुको उल्लेखनिय उपस्थितिमा सम्पन्न कार्यक्रममा महायज्ञका कर्ता अग्निधर पाठक विशेष अतिथी रहनुभएको थियो भने कार्यक्रम संचालन क्याम्पस प्रमुख देबि प्रशाद सुबेदिले गर्नुभएको थियो । वडा तथा टोल स्तरिय प्रचार प्रसार समिती मध्यबिन्दु नगरपालिका,बिनयि त्रिबेणि गाउँपालिका, हुप्सेकोट गाउँपालिका र कावासोति नगरपालिकामा गठन गर्ने क्रम जारी राखिएको छ । महायज्ञमा केदारनाथका पिठाधिश शिवाचार्य महाराजद्वारा पितृ मोक्षका लागि बिशेष पुजाको ब्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वशुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृती प्रदान गराउने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञमा १५ करोड संकलन हुने अपेक्षा राखिएको आर्थिक समिती संयोजक प्रकाश पङ्गेनिले बताउनुभएको छ ।
प्रकाशित : २०७६ पुष १४ गते १७:५६
Facebook Comment