काठमाडौं, पुस ११ गते । निर्वाचन आयोगले आगामी माघ ९
गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा उच्च अदालत
रहेका जिल्लामा मत मतदान गर्ने गरी मतदान केन्द्र तोकेको छ । आयोगका प्रमुख
आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोग बैठकले सो निर्णय
गरेको हो ।
प्रमुख आयुक्त थपलियाले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो,
सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा
निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सोही स्थानको उपयुक्त ठाउँमा
जिल्लाको सिफारिसका आधारमा तोकिएको छ ।
साथै आयोगले बिहीबार नै राष्ट्रिय सभा सदस्यका मतदाताहरुको संख्या पनि
सार्वजनिक गरेको छ । जसअनुसार, सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र
स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६
गरी कूल जम्मा दुई हजार ५६ जना मतदाता रहेका छन् ।
सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, प्रदेश १ को मोरङ
जिल्ला विराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ ।
उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ९३ र स्थानीय तहतर्पm अध्यक्ष,
उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता छन् ।
प्रदेश २ को धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण
स्मृति भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm
१०७ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी
जम्मा ३७९ जना मतदाता छन् ।
प्रदेश ३ को ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको वडा समितिको भवनमा
मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ११० र स्थानीय
तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना
मतदाता रहेका छन् ।
यसैगरी, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान
स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ६० र स्थानीय
तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना
मतदाता छन् ।
प्रदेश ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन
केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा
सदस्यतर्पm ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख
२१८ गरी जम्मा ३०५ जना मतदाता छन् ।
कर्णाली प्रदेशको सुर्खेत जिल्ला वीरेन्द्रनगरको जिल्ला निर्वाचन
कार्यालय परिसरको भवनमा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा
सदस्यतर्पm ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख
१५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् ।
सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, सिलगढी नगरपालिकाकोे पद्म पब्लिक
मुक्ति नारायण उच्च मा.वि.मा मतदान स्थल तोकिएको छ । उक्त केन्द्रमा
प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र
उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेका छन् ।
प्रकाशित : २०७६ पुष ११ गते ९:४१
Facebook Comment