सहमति राष्ट्रिय पुरस्कार धुर्मुस सुन्तली फाउन्डेसनलाई

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ३ गते १८:०७
सहमति राष्ट्रिय पुरस्कार धुर्मुस सुन्तली फाउन्डेसनलाई

तिलक सुवेदी/नवलपुर ।
सहमति संस्थाले हरेक ३ बर्षमा प्रदान गरीने सहमति राष्ट्रिय पुरस्कार–२०७६ यो पटक भने धुर्मुस सुन्ताली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्ताली) लाई प्रदान गरीने भएको छ ।

सहमति संस्थाको २१ औं साधारणसभा , विविध सम्मान तथा सातौं अधिवेशन कार्यक्रमको अवसर पारेर शुक्रबार (भोली) सो पुरस्कार प्रदान गरीने सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो ।

यो सम्मान संगै गैर सरकारी संस्था, सहकारी अभियान्ता, संस्थापक सदस्य, उत्कृष्ट कर्मचारी तथा सहमति बर्ष व्यतित्वलाई सम्मान गरीने अध्यक्ष सुवेदीले जनाकारी दिनुभयो ।

सहमति संस्थाको सभाह हलमा शुक्रबार (भोली) ११ बजे साधारणसभा र शनिबार विहान ८ बजे देखि अधिवेशन हुने समेत जनाएको छ ।

प्रकाशित : २०७६ पुष ३ गते १८:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI