चिसो बढ्यो, काठमाडौँको तापक्रम यो वर्षकै कम

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष २ गते ८:५९
चिसो बढ्यो, काठमाडौँको तापक्रम यो वर्षकै कम
s~rgk'/sf] emnf/L ahf/sf Jofkf/Lx? hf8f] a9]kl5 cfuf] ;]Sb} . oxfF rf/ lbg b]lv 3fd gnfUbf cTolws lr;f] a9]sf] 5 . /f;;, /fh]Gb| k|;fb kg]?

वर्षा र हिमपात रोकिएसँगै देशभर चिसो ह्वात्तै बढेको छ। 

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा केही दिनदेखि राम्रोसँग घाम लाग्न सकेको छैन। तराईमा मंगलबार बिहानदेखि लागेको हुस्सु हटेको छैन् भने देशका अरु ठाउँमा पनि बिहानपख बाक्लो हुस्सु लागेर चिसो बढेको छ। 

तराईमा बाक्लो हुस्सुका कारण चिसो हावा चलेका कारण त्यहाँको जनजीवन प्रभावित बनेको छ। 

त्यस्तै काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ। आज बिहान काठमाडौँको तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको थियो।  तापक्रम अझै घट्न सक्ने मौसमविद्ले बताएका छन्।

प्रकाशित : २०७६ पुष २ गते ८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI